रमेश विश्वकर्मा
गुल्मी, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कृषि र पर्यटनको माध्यमबाट देशको आर्थिक विकास गर्न सकिने बताएका छ्न । जिल्लाको मुसिकोट नगरपालिका ७ वामीटक्सारमा सञ्चालन भएको गुल्मी मुसिकोट उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सव उद्घाटन गर्दै तिमिल्सिनाले देशको आर्थिक बिकासका निम्ति कृषिलाई ब्यवसायीकरण गरी आर्थिक रुपमा सक्षम बन्न सक्नेमा जोड दिएका थिए । कृषिलाई ब्यबसायिकरण गरी उत्पादनमा वृद्धि गर्न सकेमा आर्थिक रुपमा अगाडि बढन सक्ने भन्दै उनले वर्तमान सरकारले पनि ब्यबसायिक कृषिका लागि जोड दिएको भन्दै उत्पादनमा जोड दिई कृषि र पर्यटनको माध्यमबाट आर्थिक रुपमा सक्षम बन्न सक्नेमा जोड दिए ।
गुल्मीको कफीलाई अझ ब्यबसायीकरण गरी बिदेशमा समेत निर्यात गर्ने गरी उत्पादनमा जोड दिन उनले आग्रह गरे । अब नेपालको सन्दर्भमा अन्य केही लडाईको आवश्यक नभएको भन्दै गरिबी न्यूनीकरणका लागि सबै लाग्नुपर्नेमा जोड दिए । उनले गरिबी न्यूनिकरणका लागि कृषि र पर्यटनलाई ब्यवसायिकरण गरी गरिबी अन्त्य गर्न सकिनेमा जोड दिए ।
जिल्लामा रहेको धार्मिक एवं पर्यटकिय क्षेत्रको प्रचार प्रसार, स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि महोत्सवको आयोजना गरिएको महोत्सब मुल आयोजक समितिले जनाएको छ । स्थानीय स्तरमा रहेका पर्यटकीय क्षेत्रहरु मुसिकोट दरवार, ग्वादीका चौरलाई धार्मिक एबम पर्यटकीय स्थलका रुपमा प्रचार प्रसार गर्ने, आन्तरिक पर्यटकलाई आकर्षित गर्न र त्यसको महत्वलाई बुझाउनका निम्ति महोत्सवको आयोजना गरिएको प्रचार प्रसार संयोजक ज्ञानहरी सापकोटाले जानकारी दिए ।
यस्तै स्थानीय स्तरमा रहेको मौलिक लोक संस्कृति कफीको उदगम स्थल गुल्मीको आपचौरको बारेमा प्रचार प्रसार गर्नका लागि महोत्सवले ठूलो भूमिका खेल्ने सापकोटाले जानकारी दिए । महोत्सवमा कूल एक सय ५० स्टलहरु रहने र कृषि , शैक्षिक प्रर्दशनिका लागि निशुल्क रुपमा स्टलको ब्यबस्थापन गरिएको मुल आयोजक समितिले जनाएको छ । महोत्सवमा करिब एक लाख दर्शकले अबलोकन गर्ने र पाँच करोण बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिएको मुसिकोट उद्योग बाणिज्य संघका अध्यक्ष सुर्दशन शाक्यले जानकारी दिए ।
महोत्सवमा विद्यार्थीहरुका लागि ५० रुपैयाँ र अन्यका लागि ७० रुपैयाँको टिकटको ब्यबस्था गरिएको मुल आयोजक समितिले जनाएको छ । महोत्सब सम्पन्न गर्नका लागि २३ वटा उपसमितिहरु बनाइएको छ । महोत्सव माघ २७ गतेसम्म सञ्चालन हुने छ ।