Shittalpati
प्रदेश पाँचमा ४८ विधेयक पारित

रासस
खस्यौली । प्रदेश पाँचमा ४८ विधेयक पारित भएका छन् । हालसम्म ५१ विधेयक दर्ता भएकोमा प्रदेशसभाले अहिलेसम्म ४८ विधेयक पारित गरेको हो । प्रदेशसभा स्थापना दिवसका अवसरमा शुक्रबार बुटवलमा प्रदेशसभा सचिवालयले आयोजना गरेको पत्रकार भेटघाटमा सो जानकारी दिएको छ ।
प्रदेशसभाको पहिलो अधिवेशनले चार विधेयक पारित गरेको थियो । कूल १७ दिन चलेको सभामा २२ बैठक बसेको थियो । बैठकको अवधि कूल २० घण्टा २ मिनेट थियो । दोस्रोले ११ र तेस्रो अधिवेशनले सबैभन्दा बढी २३ विधेयक पारित ग¥यो । प्रदेशसभाको चौथो अधिवेशनले १० विधेयक पारित गरेको छ । जम्मा ३१ दिनमा कूल ४९ घण्टा ४१ मिनेट बैठक बसेको थियो । त्यस अवधिमा ३२ पटक बैठक बस्यो । पाचौँ अधिवेशनमा वातावरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भई सभामा पेश हुने क्रममा रहेको छ ।

अहिलेसम्म दुईपटक बैठक बसेको सभाको समयावधि ५३ मिनेट रहेको छ । ‘प्रदेशसभाको ‘विजनेश’ छ तर विधेयकको कमी छ’, प्रदेश पाँचका प्रदेश सचिव दुर्लवकुमार पुनले भने । उनले प्रदेशसभाबाट निर्माण भएका कानूनको मूल्याड्ढन र निगरानी गर्ने समय आएको उल्लेख गर्दै विधेयकको कार्यान्वयन के भइरहेको छ अध्ययन गर्न आवश्यक भएको बताए ।

प्रकाशित मिति: शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update