गजल, पाए हुन्थ्यो
मन बहादुर खत्री
इस्मा–२, मैनडाँडा, गुल्मी
पहिले भन्थ्यौ तिम्रो बोली सुन्न पाए हुन्थ्यो
धुपी दुबो मिसाएर माला उन्न पाए हुन्थ्यो
भुइचालोले फटालेको जमिनको धाजा जस्तै
एकाअर्काको मन मुटु ट्याक्क तुन्न पाए हुन्थ्यो
नायक नै हौकी तिमी कलियुगको अवतारी
आउँदा चुनाव तिमीलाई नेता चुन्न पाए हुन्थ्यो
गर्मियाममा शितल दिने जाडो आउँदा न्यानो
उपहार गल्बन्दीको तिमीलाई बुन्न पाए हुन्थो
तर के के भयो आजकल दुरी धेरै बढेको छ
गाउँ घरमा भन्या छौ रे मलाई थुन्न पाए हुन्थ्यो ।।
प्रकाशित मिति: शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्