Shittalpati
डिजिटल पेमेन्ट मार्फत विदेशबाट रेमिट्यान्स पठाउन सक्ने

पाल्पा । अब विदेशमा काम गर्ने श्रमिकहरुले डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई नेपाली कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पमेन्ट गर्ने संस्था (डिजिटल वालेट सञ्चालक) सँग आवद्ध भई यस्तो सेवा सुरु गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकको यो निर्देशनसँगै अब विदेशमा रहेका नेपालीहरुले डिजिटल पेमेन्ट मार्फत सिधैँ रेमिट्यान्स पठाउन सक्नेछन् ।

यो व्यवस्था लागू भएपछि विदेशमा रहेका नेपालीहरु पैसा पठाउनका लागि बैंक वा रेमिट्यान्स कम्पनीमा भौतिक रुपमै उपस्थित हुनुपर्ने छैन । नेपाल पैसा पठाउनका लागि मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रिक कार्ड, डिजिटल वालेट आदिको प्रयोग गर्न सकिनेछ । यसरी विदेशबाट पठाएको रकमको नेपालमा रेमिट्यान्स कम्पनीहरुले नेपाली रुपैयाँमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update