Shittalpati
पूर्वसांसद कार्कीको सातौं दिनको पूण्य तिथीमा ताहुँमा शोक सभा

पाल्पा । पाल्पाका पूर्व सांसद तथा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति गम्भीरजंग कार्कीको सातांै दिनको पूण्य तिथीमा शोक सभा आयोजना गरिएको छ ।
नेपाली काँग्रेस रम्भा गाउँपालिका ताहुँको आयोजनामा शनिबार ताहुँमा शोक सभा आयोजना गरिएको हो । शोक सभामा कार्कीको योगदानको चर्चा गरिएको छ । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति देवराज ढकालले कार्कीको निधनले जिल्लाको सिङ्गो पार्टीलाई अपुरणीय क्षति पुगेको बताए । उनले कार्कीलाई आँट र हिम्मत भएका नेताको रुपमा स्मरण गर्दै अन्य नेताहरुमा पनि यस्तै गुण हुन आवश्यक रहेको धारणा व्यक्त गरे । पार्टी सचिव झपेन्द्र गहिरेले सरल, सक्रिय र सबैसँग सहजै घुलमिल हुनसक्ने स्वभावका कार्की जिल्लामा सर्वप्रिय नेताका रुपमा चिरपरिचित रहेको बताए । कार्कीले राजनीतिक, सामाजिक क्षेत्रमा पु¥याएको योगदानको सबैले अनुसरण गरेर अगाडि बढ्नुपर्नेमा सचिव गहिरेले जोड दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि लक्ष्मण बस्याल, नेकाँका जिल्ला सदस्य झमनराज मगर, महिला संघकी जिल्ला उपाध्यक्ष मीना पन्थी, नेकाँ हुमिनका वडा सभापति चेतनारायण श्रेष्ठ, नेकाँ हुँगीका सभापति बाबुराम पछाई, शिक्षक संघ रम्भा गाउँपालिकाका अध्यक्ष नारायण भट्टराई, स्थानीय नेताहरु महोनलाल कार्की, गुप्ताबहादुर कार्की, श्याम कार्की लगायतले स्वं कार्कीको योगदानको चर्चा गरेका थिए । कार्यक्रम नेकाँ वडा सभापति विष्णुबहादुर थापाको अध्यक्षता, कृष्ण बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्कीको ७६ वर्षको उमेरमा उपचारका क्रममा गत आइतबार काठमाडौंमा निधन भएको थियो ।

प्रकाशित मिति: शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update