Shittalpati
उत्पादनमा वृद्धि गरौं

नेपालले स्वदेशी उत्पादनलाई बढवा नदिएकै कारण देश परर्निभरता तिर गएको छ । नेपालमा निर्यातलाई भन्दा पनि अयातलाई बढीभन्दा बढी प्रथामिकता दिनु परेका कारण हरेक वस्तुहरुमा परर्निभरता बढ्दै गएको छ । देशलाई परनिर्भरताबाट हटाई आर्थिक समृद्विका दिशामा लैजानका लागि सरकारले स्वदेशी उत्पादनलाई जोड दिन सक्नुपर्छ, तर त्यसो भएको छैन । देशमा आर्थिक विकास र विस्तार गर्न सक्ने प्रशस्त मात्रमा सम्भावित क्षेत्रहरु रहेका छन् । ती सभ्भावित क्षेत्रहरुको विस्तृत खोज अनुसन्धान गरी स्वदेशमै रोजगार सिर्जन गर्ने कार्यलाई प्राथमिकता दिनुपर्छ ।

उत्पादनमा वृद्वि गर्नु नै परर्निभरता घटाउनु हो । नेपालमा लगानी गर्ने वातावरण नभएकै कारण कतिपय नेपालीहरु विदेश गएर उद्योग कलकारखाना खोलेका छन् । तिनीहरुलाई स्वदेशमै लगानी गरी उद्योग कलकारखाना सञ्चालन गर्ने वातारण सरकारले मिलाईदिनु पर्दछ । जसले गर्दा स्वदेशमै उत्पादन गरेको वस्तुलाई विदेश निर्यात गरी देशलाई आर्थिक रुपमा सवल र समक्ष बनाउनमा टेवा मिल्दछ । विगत लामो समयदेखि स्वदेशी उद्योग र उत्पादनको संरक्षण र प्रवद्र्धनका लागि आवाज उठ्दै आए पनि राज्यले उचित कानुनी व्यवस्था गर्न नसक्दा र भएका व्यवस्थाको पनि प्रभावकारी पालना हुन नसक्दा स्वदेशी उद्योगहरू समस्यामा पर्दै आएका छन् । यदि स्वदेशी उत्पादनको प्रयोग बढाउने हो भने पहिलो त यस्ता उद्योगका लागि आवश्यक कच्चा पदार्थको आयातमा राज्यले सुविधा दिनैपर्छ, त्यसपछि स्वदेशी उत्पादन खपत बढाउनका लागि भएका नीतिगत र कानुनी व्यवस्था कार्यान्वयन नगर्नेलाई दण्डित गर्ने व्यवस्था समेत गरिनुपर्छ । अनि मात्र यी समस्याको समाधान हुन्छ ।

प्रकाशित मिति: बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update