Shittalpati
सिटिजन्सको नयाँ शाखा दाङ्गको तुलसीपुरमा

पाल्पा, सिटिजन्स बैंक इन्टरनेसनलले नयाँ शाखा विस्तार गरेको छ । बैंकले नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ दाङ्गको तुलसीपुरमा नयाँ शाखा विस्तार गरेको हो ।

एक औपचारिक कार्यक्रमको आयोजना गरी बैंकले विहिबारदेखि कारोबार सञ्चालनमा ल्याएको छ । शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न रिटेल बैकिंग सेवा अन्तर्गत नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्नुका साथसाथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने शाखाका हिमाल भूषालले बताए । उनका अनुसार बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई सेवा प्रदान गर्ने छ ।

विश्वभरी फैलिएको कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा ९.५० प्रतिशत वार्षिक ब्याजदरमा एसएमई कर्जा (साना तथा मझौला कर्जा) ९.५० प्रतिशत वार्षिक ब्याजदरमा र मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९ प्रतिशत वार्षिक ब्याजदरमा प्रवाह गर्ने योजना देशै भरी छरिएका बैंकका १११ शाखाहरुबाट सञ्चालनमा ल्याएको छ । बैंकले हाल ११० वटा शाखा, ९९ वटा एटीएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update