नेपालीहरुको महानचाडपर्वहरु नजिकिएसँगै सडकमा सार्वजानिक यातायातको संख्या बाक्लो देखिन थालेको छ । कोरोनाको कहर अझै कम भएको छैन, बरू यसको कहर झनै तीव्र गतिमा बढिरहेको छ । उता मानिसहरूमा यसको डर भने कम भएको महसुस गरिएको छ । जसले गर्दा मानिसहरु चाडपर्व मनाउन एक ठाउँबाट अर्को ठाउँमा जाने क्रम सुरु भएको छ । सरकारले लकडाउन अन्त्यको घोषणा गरेपनि कोरोना संक्रणमको जोखिम यथावत् रहेकाले सचेत रहन जनस्वास्थ्यविद्हरुले सर्वसधारणलाई आग्रह गरेका छन् । सरकारले कोरोना भाइरसबाट बच्न विभिन्न मापदण्ड अपनाएर सार्वजाकि यातायात सञ्चालन गर्न निर्देशन दिएको थियो । सवारी साधनमा स्यानिटाइजर, माक्स अनिर्वाय रुपमा लगाउन आग्रह गरेपनि त्यसलाई सर्वसाधारले पालना गरेको देखिएको छैन । कोरोना भाइरसलाई सामान्य नमान्न विज्ञहरुले सुझाव दिँदै गर्दा सार्वजानिक यातायातमा सामाजिक दुरी कायम भएको छैन । सिटमा एकजना मात्रै राखेर ५० प्रतिशत बढी भाडा लिन सरकारले लागू गरेको नियम पालना भएको छैन ।
सुरुमा कोरोना महामारीप्रति जनचासो जति थियो त्यो अब छैन । विश्व त्राही–त्राही भइरहेको बेला नेपालले विदेशबाट पनि आफ्ना धेरै नागरिकहरू उद्दार गरेर ल्याएको छ । तीबाट पनि नेपालका कोरोना भित्रिएको कुरालाई नकार्न मिल्दैन । सरकारले तिनलाई राम्ररी व्यवस्थापन गर्न र तिनको राम्ररी जाँच गर्न सकेको छैन । तीबाट अरूमा फैलिँदै गएको कोरोना यतिबेला समुदायस्तरमा व्यापक रुपमा फैलिएको छ । सरकारलले पनि कडाइ गर्न छोडेको छ । सरकार केही औपचारिकता पूरा गरेर आफ्नो जिम्मेवारी पूरा गरेको जस्तो देखाइरहेको छ । तर, बजारमाथि नियन्त्रण गरेको छैन र नागरिकलाई जसरी जहाँ जान पनि छुट दिइरहेकको छ । यसले गर्दा कोरोनाको संक्रमण अझै बढ्ने कुरा पक्का छ । मानिसहरू सानातिना जमघट गर्न थालेका छन् । गोष्ठी र सभाहरू पनि भइरहेकका छन् । यिनमा सरकारको उचित निगरानी देखिएको छैन । सबै बजार पसल खुलिसकेका छन् । सडकमा ठूलो संख्यामा मिनिबस र ठूला बसहरू पनि गुड्न थालेका छन् । यसबाट कोरानोको जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने प्रश्न अहम् बनेर उठेको छ । यातायातका त्यस्ता साधनहरूमा सावधानी अपनाइएको छैन । सरकारले तोकेका स्वास्थ्य मापदण्ड मास्क र स्यानिटाइजरको अनिवार्यता समेत सार्वजनिक यातयातमा देखिदैन । यसले गर्दा झन जोखिम बढ्ने देखिन्छ । तसर्थ जोखिमबाट बच्नका लागि सरकारले अनुगमन कार्यलाई कडाईका साथ पालना गराउन जरुरी छ ।