Shittalpati
अब तानसेनकै लयमा बुटवल !

प्रकाश नेपाल

प्राकृतिक सुन्दरता र प्राचिन कला संस्कृतिको धनी नगर तानसेन हो । काठमाडौं पछिको दोस्रो अनि पुरानो नगरका रुपमा समेत परिचित तानसेन पछि विस्तारै शिक्षा, स्वास्थ्य जस्ता अन्य सुविधाहरुमा कमी हुँदै गएको छ । सरदमुकाम बाहेक गाउँवस्तीमा सडक पनि पुग्दा पाल्पाको सदरमुकाम तानसेन बजार सुनसान हुँदै गएको भन्दा फरक नपर्ला । जसले गर्दा अब तानसेनको भविष्य शून्य जस्तै भएको छ । पाल्पालीकै कारण यस्तो भएको पनि सत्य हो । पाल्पाबाट बौद्धिक व्यक्तिहरुको विस्तारै बसाइसराइको क्रम बढ्दो रहेको छ । तानसेन आजभोलि बेहुली अन्माएको जग्य जस्तै भएको छ । यो भनिरहँदा सुन्दर सपना बाडेर झुट्को खेती गर्नेहरुका लागि पोल्न सक्छ । तर तिनीहरुलाई जनताले अवश्य ठेगान लगाउने छन् । अब दोस्रो तानसेनका रुपमा बुटवल हुँदैछ त्यो सत्य हो । बुटवललाई उजाड, मरुभूमि बनाउन नेकपा कै नेता लागेको पनि सत्य हो । नेकपा बनेर, हामो पार्टी भनी पछाडी लाग्नेहरुलाई लाज लाग्नु पर्ने थियो तर लाग्दैन । प्रदेश ५ को राजधानीका विषयमा नेकपाका लिला गिरी, भूमिश्वर ढकालको चलखेल, बालुवाटार जग्गाको महानायक भ्रष्ट एंव भू–माफिया विष्णु पौडेलका कारण अब बुटवल उजाडिदै छ ।

संविधान सभाबाट संविधान जारी हुने समयमा ७ वटा प्रदेशको सहमती हुँदा प्रदेश ५ को राजधानी दाङ बनाउने विषयमा मुख्य तीन दलको सहमती भएको सत्य पनि हो । पछिल्लो समयमा नेकपा माओवादी, काँग्रेस सरकारले काँग्रेसको नेतृत्वमा बनेको सरकार हुँदा रुपन्देही काँग्रेसका बालकृष्ण खाणलाई राजनैतिक वैतर्णी तर्नका लागि अस्थायी राजधानी बुटवल घोषण गरेको पनि सत्य हो ।

प्रादेशिक राजधानी बुटवलबाट दाङ लैजाने प्रतिवद्धता जनाएका कारण शंकर पोखरेल, पूर्वसभामुख कृष्णबहादुर महरा , प्रदेश सरकारका सभामुख विजय भएको पनि सत्य हो । गत निर्वाचनबाट निर्वाचित बालुवाटारको जग्गा प्रकरणका मुख्य नायक विष्णु पौडेलले बुटवललाई स्थायी राजधानी बनाउने प्रतिबद्धता गरेका कारण निर्वाचित भएको पनि सत्य हो । आज त्यही नायकको चुनावी भाषणको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । दाङको भालुवाङमा किन र कसरी राजधानी घोषण भयो ? राम्रोसँग खोज्यो भने नेकपाको प्रमुख सचेतक भूमिश्वर ढकालको जमिनमा भएको लगानी, व्यापारीक पेटो«ल पम्पमा लगानी भएको ठाउँमा उनकै जोड बलले राजधानी घोषणा भएको हो । संसदको निकम्बा समितिबाट राजिनामा गरेको घोषण गर्दै गोहीको जस्तो आशु बगाएका भोज प्रसादको समेत ढकालसँगै सहभागिता रहेको छ । ढकाल सरकारी सवारीका साधन प्रकरणमा भ्रष्ट कहलिएका व्यक्ति हुन् ।

कोरोनाको महामारी भएर थला परेको समयमा दलिय छलफल बिना र संसदको कार्यव्यवस्था परामर्श समीतिमा बिना छलफल ओलीका कारिन्दा शंकर पोखरेलले अघिल्लो शुक्रबार संसदमा नाम र स्थानको विषयमा प्रस्ताव पेश गर्न लगाए । त्यही कारणले संसदमा तोडफोड भयो तर जति हुनुपर्ने थियो त्यो भएन । कानुनमन्त्री कुलबहादुर केसीका कारण भएको पनि सत्य हो । मन्त्री जस्तो गरिमामय पदमा रहेको व्यक्तिको जगंली शैलीका कारण भएको हो । कानुन मन्त्रीलाई कानुनी कठघरामा उभ्याउनुपर्ने हो । तर भएन् । कारण नेकपामा त्यस्ता जगंलीको बाहुल्यता रहेको छ । संसद सचिवालयका लागि सवारीका साधन व्यवस्थापन गर्दा करोडौ सरकारी रुपैयाँ भ्रष्टाचार गरेका ढकाललाई कानुनी कठघरामा उभ्याउन नसक्ने मुख्यमन्त्री शंकर पोखरेलको समेत संग्लनता छैन भन्न सकिदैन । त्यस्ता कलड्ढको कालो टिका लगाएका व्यक्तित्वको समर्थन गर्नेहरुलाई आगामी निर्वाचनमा आम जनताले ठेगान लगाउनु पर्दछ । आम जनताबाट जम्मा भएको रकम दोहन गरी आफ्नो कार्यकर्ता पोस्ने काम ओलीका पिएन मुख्यमन्त्री पदधारी व्यक्तिले गरे । दुई वर्ष अगाडिबाट राजधानी कहाँ बनाउने ? नाम के
राख्ने ? भन्ने विषयमा सरकारी लाखौ रुपैयाँ खर्च भयो । त्यसमा नेकपाका कार्यकर्ताले जागिर खाने काम भयो । प्रदेशको राजधानी ओली— दाहालको सहमतीमा भएपछि समितिको आवरणमा गरिएको खर्च बालुवामा बगाएको पानी जस्तै भयो नेकपाका कार्यकर्ताहरुले यसको हिसाव किताव खोज्न सक्दैनन् । त्यसैले उनीहरुलाई संसद भन्दा दास भन्न उपयुक्त हुने छ । बुटवलवासीका लागि बालुवाटार पति बिष्णु पौडेलले नराम्रोसँग धोका दिएको सत्य हो । यस विषयमा बुटवल नगरका नगरप्रमुखको समेत बराबर हात रहेको सत्य हो । ओली निकट ठानिने बालुवाटार पति अर्थमन्त्री हुने लालशाका कारण शकंर पोखरेलको प्रस्ताव नर्कान नसकेको हो । अब उनको राजनीति भविष्य रुपन्देहीमा अन्धकारमय बनेको पनि सत्य हो । तिनलाई कुल देवता ठान्नेहरुको राजनिति समेत बिचल्लीमा पर्ने दिन आयो । जब १६ गते शुक्रबार कानुन मन्त्रीले प्रस्ताव सदनमा प्रस्तुत गरे त्यसै दिन बेलुका ४ बजे काँग्रेसको भातृसंस्थाले टायर बालेर सडकमा प्रर्दशनका लागि उत्रिएपछि १७ गते बिहान नेकपाको संसदिय दलको बैठक मुख्य मन्त्रीले आफ्नो निवासमा भान्सा सहितको बैंठक डाके । त्यही बैठकमा १२ जना पोखरेलका कारिन्दहरुले फरक मत राखे जस्तो गरेपछि त्यही दिन २ बजे अत्तालिदै मुख्यमन्त्री काठमाडौं हानिए । ओली दाहाललाई भेट गरे तर देउवाले उनलाई भेट्न समय दिएनन् । उनले स्थानीय तहमै यस विषयमा छलफल गर्न सुझाए । पोखरेलले बालकृष्ण खाणसँग संवाद गर्न नखोजेपछि उनले स्थानीय तहमा बिना सहमति पास गराउने र फरक मत राखे जस्तो गरेका आफना १२ जना हलीहरुलाई पक्षमा मतदान गर्न नेतृत्वबाटै दवाब दिन लगाए । त्यसैको परिमाण र परिणती ससदमा तोडफोड,नेकपाका भातृ सुभेक्षुक संस्थाका प्रतिनिधिहरुले पार्टी छोडेको घोषण गरेका छन् ।

प्रदेशको राजधानी हुनु नै थियो तर किन अलमल गरेको, बुटवलमा व्यापार व्यवसाय गरेकाहरुले लगानी बढाए । लुम्बिनीदेखि बुटवल सम्मको विभिन्न स्थानमा खरबौ रुपैंयाको लगानीमा सुविधा सम्पन्न होटलहरु खुलेका छन् । तर ति सबै लगानी बालुवामा पानी जस्तै हुनेछ । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलदेखि पूर्व पश्चिम ६ ल्याण्डका सडक निर्माण भएका छन् । बुटवललाई सुख्याग्रस्त बनाउने योजना मुख्य मन्त्रीको तीन वर्षदेखिको थियो यो कुरा अब केही दिनमा सार्थकता हँुदैछ । त्यसैले नेकपाका नेतालाई वैज्ञानिक फटाहा भनेको होला । बुटवललाई राजधानी बनाउने विषयमा सहमत भएका भए १२ जना माननिय भने होइनन् उनीहरु माननिय भएको भए दलिय स्वार्थ भन्दा माथि उठनु पर्ने थियो । उठेनन् त्यसैले उनीहरु शंकर पोखरेलका दास हुन् । अब सत्तारुढ दलसँग जनता झुक्काउने नारा छैन त्यसका लागि पुन सोच्नु पर्दछ । प्रदेशको राजधानी स्थानान्तरण गर्ने गिरोहका कारण बुटवल, पाल्पा राम्रो सडक नबनेको पनि सत्य हो । बुटवल सुख्या बन्नेमा दुई मत नै छैन । बुटवललाई आर्थिक क्षेत्रको राजधानी बनाउने उद्घोष गर्नु पनि हावादारी हो । क्रमिक रुपमा दाङको पुरानो भन्सार कार्यलयको स्तरउन्नती हुने छ । त्यहीबाट आयात निर्यात हुने छ । यो क्षेत्र नेकपालाई निर्वाचनमा मत लिनका लागि ढाट्ने क्षेत्र मात्र हुने छ । बुटवल अब बुटवल नभई बटौली हुने छ । त्यस्तो बनाउन उद्धत रहनेलाई राजनितिक रुपमा गतिलो झापड दिने की पार्टीको आवरणमा दासत्व स्विकार गर्ने हो । कुरा यहाँ यो पनि हो, तर नेकपाका हलीहरुसँग दासत्व स्वीकार गर्नु बाहेक अन्य विकल्प छैन । (लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update