Shittalpati
नेकपामा आएको तरङ्ग

सत्ताधारी नेकपाभित्र विभिन्न किसिमका समस्याहरु आएका छन् । विवाद उपविवाद र महाविवाद बिच नेकपाले असल उत्तराधिकारी पाउन नसकेको प्रसव पीडा अहिले छताछुल्ल भएको छ । नेताहरुको जुहारीले गर्दा सरकार नै अन्यौलताको भूमरीबाट बाहिर निस्कन सक्छ या सक्दैनन्, भन्ने यक्ष प्रश्नहरु अहिले अगाडि आएका छन् । यस्ता समस्याहरुको सही निदानका लागि पार्टीका जिम्मेवार व्यक्तिहरु अत्यन्तै गम्भीर भएर लाग्नुपर्ने हुन्छ । दुई तिहाईको सरकार भएर पनि सरकार र मन्त्रीहरु बीच पनि खिचलो परिरहनु आफैमा अत्यन्तै निरासामूखि काम हो, यस्तो अवस्थाबाट मूलुक अगाडि बढ्नुको साटो सरकार ढलाउने, बनाउने बाहेक अरु केही पनि हुने अवस्था देखिदैन ।

सरकार छ या छैन, बहुमतको एक छत्र सरकार हो कि होइन ? लगायतका जिज्ञासाहरु अहिले चर्चाको शिखरमा पुगेका छन् । सरकार बलियो भएर पनि आफैमा अत्यन्तै कमजोर देखिएको बेला सत्तारुढ पार्टी भित्रै विवाद र पार्टी नेतृत्व बिच समस्या मनमुटाव हुनु पनि गम्भीर संकट उत्पन्न भएको अवस्था हो । यो समस्या समाधान र सरकारका हरेक समस्या समाधानका लागि पार्टीका नेताहरु बिच एकता र समन्वयकारी भूमिका निर्वाह हुनु आजको आवश्यकता हो । केपी ओली र प्रचण्डबीच एक आपसमा विवाद हुने अवस्थाले गर्दा देशले कुनै पनि किसिमको निकास पाउन सकिरहेको छैन । यो मात्रै होइन, नेकपाको सरकारले गरेका विभिन्न निर्णय र काम कार्यवाही अहिलेको अवस्थामा अन्त्यन्तै समस्या ग्रस्त छन् । यी सबै समस्याको निराकरणका लागि पण्ण्ण्नि एकता, सहकार्य र सहमति बनाएर अगाडि बढ्नु सत्ताधारी पार्टी नेकपाभित्रको सबै भन्दा महत्वपूर्ण दायित्व हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update