Shittalpati
पाल्पामा कोरोनाबाट थप एक महिलाको मृत्यु

पाल्पा, पाल्पामा कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ । रामपुर नगरपालिका –५ की ५४ वर्षीय महिलाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको हो । ति महिलालाई मधुमेह र उच्च रक्तचाप भए पछि कात्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो ।

उनमा कोरोनाको लक्षण देखिएपछि डाक्टरहरुले स्वाब संकलन गरी प्रयोगशाला पठाएकोमा २० गते मात्र उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनको अस्पतालमै उपचार गरिदै आइएकोमा विहीबार राती मृत्यु भएको हो । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update