बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु
पाल्पा । बुटवलमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीया महिलाको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो । गत कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला २८ गते अस्पताल भर्ना भएकी थिइन् ।
उनको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । संक्रमित महिला मधुमेह र निमोनियाको दीर्घरोगी रहेको डा. गौतमले बताए । प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १ सय १८ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्