हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिलाहिंसा विरुद्व १६ दिने अभियान सञ्चालन गर्न सरकारी निकाय, गैरसरकारी निकायका चरणवद्ध कार्यक्रम आयोजना हँुदै आएका छन् । वर्षौंदेखि यो अभियान सञ्चालन भएतापनि हिंसा भने बढेर गएको छ । पहिलो कुरा हिंसा कहाँ–कहाँ हुन्छ, कसले गर्छ, हिंसा नघट्नुका कारण के हुन् भन्नेबारे हामी आफँै गम्भीर भएर सोच्नुपर्छ । सरकारले सबै खाले हिंसा अन्त्य गर्न वर्षेनि करोडौं रूपैयाँ खर्च गर्दै आएको छ । तर, लक्षित समूहमा कार्यक्रम पुग्न सकेको छैन् । हाम्रो देशमा महिला हिंसाविरूद्व आन्दोलन जारी रहे पनि अझैसम्म लक्षित समूहसम्म कार्यक्रम पुग्न नसक्नु दुःखद् हो । हिंसा भन्नाले खासगरी शारीरिक, मानसिक, यौनजन्य तथा आर्थिक यातनालाई बुझाउँछ । यस्तै कुटपिट गर्ने, गैरकानुनी रुपमा थुनामा राख्ने, शारीरिक चोट पुग्ने, डर–धाक देखाउने वा धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने र मानसिक चोट पुग्न सक्ने व्यवहार गर्ने र गराउने कार्य पनि हिंसा हो । यसैगरी, यौनजन्य प्रकृतिको दुव्र्यवहार, अपमान वा आत्मसम्मानमा चोट पुर्याउने कार्यसमेत हिंसा नै हुन् ।
हाम्रो समाजमा माइती कमजोर भएका र अशिक्षित महिलाहरु बढी हिंसामा परेको पाइन्छ । आफूमाथि भएको हिंसा व्यक्त गर्दा घरबाट बहिष्कृत हुनुपर्ने र घरपरिवार सबै पुरूषकै पक्षमा बोल्ने हुँदा मनका पीडालाई लुकाएर आँसु पिएर बाँचेका महिला धेरै छन् । समयले धेरै कोल्टे फेरिसकेको छ, तैपनि पूर्ण रुपमा सामाजिक रुपान्तरण नहुँदा महिला हिंसा रोकिएको छैन् । बहुबिवाह, बालबिवाह, छोराछोरी नजन्माएको जस्ता हिंसामा पनि महिला परिरहेका छन् । बोक्सीका नाममा, दाइजोका नाममा हिंसा सहन बाध्य छन् । शिक्षा, स्वास्थ्य, रोजगार, राजनीतिक गतिविधि बढ्दै गएता पनि पुरानो सोच र संकुचित व्यवहारका कारण यस्तो समस्या उत्पन्न भएको हो । यसर्थ हिंसामुक्त समाज निर्माणका लागि पुरातन सोंचको अन्त्य हुनैपर्छ । पुरातन र सामाजिक सोचमा रुपान्तरण आउन सकेमात्र महिलाविरूद्व हुने हिंसा अन्त्य हुने विश्वास गर्न सकिन्छ ।