Shittalpati
गजल

मन बहादुर खत्री
इस्मा–२, मैनडाँडा, गुल्मी


याद आएर तिम्रो तस्विर छानेर हेरे
आँखा मानेन फेरी पर्दा तानेर हेरे

आयो भरिदै माया मनभरी झनझन
सुन्न कोकिल बोली फोन हानेर हेरे

तिमी व्यस्त थियौ वा व्यस्त देखियौ
फेसबुकको भित्ता गाह्रो मानेर हेरे

दुनियाँ भेटियो तिमी हरायौ किन
थाहा छैन अनलाइन कति जानेर हेरे

विछिप्त मन यो समाली कठिनले
चुरापोते र सिंदुर मुठीमा बानेर हेरे

प्रकाशित मिति: शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update