Shittalpati
वरिष्ठ नेता पौडेलको गिरफ्तारीप्रति पाल्पा काँग्रेसको घोर भत्सर्ना

पाल्पा, नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको नेपाली काँग्रेस पाल्पाले घोर भत्सर्ना गरेको छ । बुधबार साँझा एक विज्ञप्ती जारी गर्दै काँग्रेसले नेता पौडेललाई गिरफ्तार गर्नु सर्वसत्तावाद भएको बताएको छ ।

पार्टी सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाद्वारा जारी गरिएको विज्ञप्तीमा “तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा मोटरेबल पूलको स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न पुगेका वरिष्ठ नेता पौडेल लगायतका नेताहरु माथि सरकारको आदेशमा प्रहरीको दुव्र्यवहार र जवरजस्ती गिरफ्तारी अत्यन्तै आपत्तिजनक र लोकतान्त्रिक मूल्य र मान्यता विपरीत छ । ओली सरकारका यस्ता अलोकतान्त्रिक, दमनकारी र निन्दनीय कार्यको घोर भत्र्सना गर्दछौ र यस्ता घटना प्रति जनस्तरमै कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पूरा हुन नदिन नेपाली काँग्रेस पाल्पा एक ढिक्का भएर सशक्त प्रतिवाद गर्ने समेत चेतनावनी दिन चाहन्छौं ।’
व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उद्घाटन गर्न पुगेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन स्थलबाट प्रहरीले गिरफ्तार गरेको हो ।

 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update