पाल्पा । पाल्पामा थप ३३ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार प्राप्त भएको बुधबार र विहीबारको विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३३ जना संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा नगर भित्र रहेका अस्पतालका १९ जना संक्रमितले कोरोना जितेका छन् । यस्तै माथागढीका ३ जना, रामपुरका ३ जना, पूर्वखोलाका १ जना, रम्भाका २ जना, बगनासकालीका १, तिनाउका २ जना र रिब्दीकोटका १ जना र निस्दीका १ जना कोरोना संक्रमणमुक्त भएका हुन् । योसंगै पाल्पामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार चार सय ४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैगरी पाल्पामा दुई दिनको अवधिमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ जना पुरुष र १० जना महिलामा संक्रमण देखिएको हो । तानसेन नगरपालिका र अस्पतालका १३ जना, माथागढीका १ जना, रामपुर नगरपालिका २ जना, पूर्वखोलाका ५ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, रम्भा गाउँपालिकाका २ जना, तिनाउ गाउँपालिकाका ३ जना र रिब्दीकोट गाउँपालिकाका १ जनामा संक्रमण देखिएको हो । योसँगै पाल्पामा एक हजार ६ सय २५ जना कोरोना संक्रमित पुगेका छन् । पाल्पामा कोरोनाका कारण २३ जनाको मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या एक सय ९८ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ८ सय ७२ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ७८ जना स्वास्थ्यकर्मी रहेका छन् ।