Shittalpati
एकै दिन दुई हजार दुई सय ६ संक्रमित डिस्चार्ज

पाल्पा । पछिल्लो २४ घण्टामा थप दुई हजार दुई सय ६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त विवरण अनुसार देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरबाट दुई हजार दुई सय ६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् । नेपालमा योसँगै निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार त्यसका २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार ५ सय ७७ पुगेको छ । नेपाल अहिलेसम्म १४ हजार २ सय ५५ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म पिसिआर विधिबाट १७ लाख ७८ हजार २४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार ७४ पीसीआर परीक्षण भएका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update