Shittalpati
बुटवलमा थप कोरोना संक्रमित महिलाको मृत्यु

बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप कोरोना संक्रिमत एक महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा रुपन्देहीको सैनामैना नगरपालिका १ की ५५ वर्षीया महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको हो ।

मृतक महिलामा ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना परीक्षण गर्दा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने मंसिर ११ गते अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update