पाल्पा । पाल्पामा थप ३५ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई आईतबार प्राप्त भएको शनिबार र आइतबारको विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३५ जना संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा नगर भित्र रहेका अस्पतालका २६ जना संक्रमितले कोरोना जितेका छन् । यस्तै माथागढीका ४ जना, रामपुरका १ जना, रम्भाका १ जना, बगनासकालीका २, रिब्दीकोटका १ जना कोरोना संक्रमणमुक्त भएका हुन् । योसंगै पाल्पामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार चार सय ३९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैगरी पाल्पामा दुई दिनको अवधिमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ जना पुरुष र ८ जना महिलामा संक्रमण देखिएको हो । तानसेन नगरपालिका र अस्पतालका ६ जना, रामपुर नगरपालिका २ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका ३ जना, तिनाउका २ जना, रिब्दीकोट गाउँपालिकाका १ जनामा संक्रमण देखिएको हो । योसँगै पाल्पामा एक हजार ६ सय ४० जना कोरोना संक्रमित पुगेका छन् । पाल्पामा कोरोनाका कारण २३ जनाको मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या एक सय ७८ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ८ सय ८७ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ७८ जना स्वास्थ्यकर्मी रहेका छन् ।