Shittalpati
दलित, विपन्न घर परिवारलाई मिटर बक्स

गुल्मी (वामी) । दलित, विपन्न घर परिवालाई विद्युत मिटर बक्स वितरण गरिएको छ । आर्थिक आभावका कारण विद्युत आएपनि मिटर बक्स नहुँदा अध्यारोमा बस्न बाध्य बागलुङको गलकोट नगरपालिका ३ मा रहेका ३२ जना दलित, विपन्न परिवारलाई विद्युत मिटरबक्स वितरण गरिएको हो ।

निःशुल्क रुपमा विद्युत मिटरबक्स वितरण गरिएको वडाअध्यक्ष विरजङ्ग भण्डारीले जानकारी दिए । विगत १५ वर्षदेखि विद्युत उपयोग गरेता पनि केही घर परिवारले एउटै घरबाट विद्युतको सवमिटर बनाएर बाल्नुपर्ने बाध्यता र उत्तिकै मात्रमा जोखिम एवं विद्युत महसुल बुझाउँदा पनि समस्या भइरहेका बेला उक्त समस्या निराकरण गर्न दलित बस्तीका घर–घरमा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रबाट मिटरबक्स वितरण गरिएको हो । नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रको आर्थिक सहयोग र नोलाइन हटिया र वडा कायालयको समन्वयमा बक्स वितरण गरिएको वितरण केन्द्रका प्रमुख शिव घोसाइलीले जानकारी दिए । मिटरबक्स पाएपछि स्थानीयहरु हर्षित भएका छन् ।

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update