Shittalpati
पाल्पा रामपुरका कोरोना संक्रमित पुरूषको बुटवलमा मृत्यु

पाल्पा । पाल्पा रामपुरका थप कोरोना संक्रमित एक पुरुषको बुटवलमा मृत्यु भएको छ । रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा रामपुर–४ का ६३ वर्षीय पुरूषको मृत्यु भएको हो ।

उपचारको क्रममा मंगलबार बिहान ११ बजे ति पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । मृतक ति पुरुषलाई मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो । उपचार गराइरहेका उनमा मंसिर १७ गतेमात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update