रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु
बुटवल । रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सैनामैनाका ७३ वर्षीय ती व्यक्तिको मंगलबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उनलाई मंसिर २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी २२ गते अस्पताल भर्ना भएका थिए । आठ वर्षअघि मुटुको शल्यक्रिया गराएका ती व्यक्ति उच्च रक्तचाप, मधुमेहका दीर्घरोगी रहेको जनाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २९ पुगेको छ । लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट ३ सय १४ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्