पाल्पामा कोरोना संक्रमणबाट ४४ वर्षिय पुरुषको मृत्यु
पाल्पा । तिनाउ गाउँपालिका ६ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको शुक्रबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थी जानकारी दिए ।
स्वास्थ्य कार्यालयका अनुसार ती पुरुषको लुम्बिनी मेडिकल कलेजको प्रयोगशालमा परीक्षण गर्ने क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा संक्रमण पुष्टि भएपछि आफ्नै घरमा होम आइसोलेशनमा बस्दै आएको र समस्या बढि भएपछि पुनः मेडिकल कलेज ल्याउदा मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै पाल्पामा कोरोनाकै कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्