राजनैतिक रुपमा देखापरेका विभिन्न खालका घटना र परिघटनाले मुलुकका हरेक काम कार्यवाहीमा अत्यन्त्यै ठूला समस्याहरु श्रृजना भएका छन्, अहिले । नेताहरुका चारित्रिक गतिविधी र नैतिक आचारणका कारण पनि धेरै अनियमितताहरु देखापर्ने गरेका छन् । यस्ता समस्याहरुको निराकरण नभएकै कारण पनि संविधान कार्यान्वयन र राजनैतिक चरित्रले पनि दलहरु बदनाम हुने गरेका घटनाहरु घट्ने गरेको पाइन्छ । नेताको प्रतिविम्व कार्यकर्तामा जान्छ, अनि कार्यकर्ता खराव भए भने दल र त्यो सम्वद्ध निकायमा नकारात्मक असर पर्ने गर्छ, त्यसकारण पनि चरित्रताको विषय महत्वपूर्ण रहेको हुन्छ । मूलुकलाई दिशानिर्देश गर्ने निकायमा रहेर ऐन कानुन निर्माण गरेर नीतिगत निर्णयका साथै मुलुक हाक्ने जिम्मा पाएका नेताहरु कोही भ्रष्टाचारी त कोही व्यभीचारी भएका कारण नै आम सर्वसाधारणमा उनीहरु प्रतिको सोंचमा स्खलन आउने गर्छ, अनि नैराश्यताबाट उत्पन्न हुने परिस्थितिले कस्तो भविश्यको परिकल्पना गर्ने त ? यी र यस्तै प्रश्नहरु आइरहेका बेला नेताहरुको चरित्रले देशको भविश्यलाई दिने दीशावोध अपरीपक्व हुने निश्चित प्रायः राम्रोभन्दा पनि नरोम्रो हुने गर्दछ । अनि त्यस भित्रै मानवअधिकार र व्यक्ति स्वतन्त्रताका विषयहरु पनि गाईगुई हुँदै ‘लहरो तान्दा पहरो थर्किए’ जस्तो गरेर तरङ्गित हुँदै जान्छन् ।
मुलुकको प्रधानमन्त्रीदेखि लिएर सांसद सम्मका नेताहरुबाट आफ्नो पदीय आचारणका विषयमा हेक्का नराख्नु सबै भन्दा ठुलो दुर्भाग्यमयी अवस्था हो । त्यसकारण नेतृत्व गर्नेले आफ्नो चरित्रमा दाँग नलागोस् भन्ने हेक्का नगर्ने हो भने, नारायणकाजी, गोकुल अनि अन्य धेरै नेताको बारेमा नकारात्मक चर्चाले लोकतन्त्र र राज्य व्यवस्था प्रतिको आस्था र विश्वासमै कमी आउने क्रम बढेका कारण नै व्यवस्थाप्रति जनगुनासो बढेर जाने गर्छ । यस्ता र यी कुरा गलत हुन् भने त्यसको वास्तविकतालाई जनता सामु किन ल्याइदैन, यदि हल्ला सही हुन् भने उनीहरुलाई राजनैतिक जीवनबाट मुक्त गर्ने वातावरण किन बन्दैन । दण्डहिनता बोध हुने खालको वातावरणलाई अन्त्य नगर्दा सम्म विकास निर्माण र मिठा भाषणले मात्र चल्दैन । त्यसकारण कानुनी राज्यको अवधारणा अनुरुप काम भएको छ भनेर मान्न सकिदैन । समस्या आउँछन्, समाधान पनिसँगै नआए, दण्डहिनताले प्रसय पाउँछ भन्ने कुरा बुझ्न जरुरी छ ।