पाल्पामा कोरोना संक्रमित महिलाको मृत्यु
पाल्पा । पाल्पामा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका वडा १३ की ६६ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
उनको आइतबार दिउँसो साढे २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थी जानकारी दिए । स्वास्थ्य कार्यालयका अनुसार ती महिलामा श्वासप्रश्वास सम्बन्धी समस्या रहेको र लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । उनमा संक्रमण पुष्टि मंसिर २७ गते भएकोे स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै पाल्पामा कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्