Shittalpati
नेपाली काँग्रेस पाल्पाले गर्‍यो विरोध प्रदर्शन

कृष्ण पोखरेल

पाल्पा । नेपाली काँग्रेस पाल्पाले तानसेनमा विरोध प्रर्दशन गरेको छ । वर्तमान सरकारी तानाशाही बन्दै गएको, लोकतन्त्र प्रजातन्त्र माथि नै धावा बोलेको, संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध सरकारका गतिविधी सञ्चालन भएको, दिनहुँ भ्रष्टाचार बढ्दै गएको, कोरोना संक्रमण विरुद्ध प्रभावकारी काम गर्न नसकेको ठहर गर्दै नेपाली काँग्रेस पाल्पाले तानसेनमा विरोध कार्यक्रम गरेको हो ।

विरोध कार्यक्रममा गाउँ–गाउँबाट आएका कार्यकर्ताहरुले मुखमा माक्स लगाएर सहभागी भएका थिए । वर्तमान सरकारले दुई तिहाई दम्भको नाममा लोकतन्त्र नै सिध्याउने गरी तानाशाही कम्युनिष्ट चरित्र अनुसार काम गर्दै आएको नेता तथा कार्यकर्ताले आरोप लगाए । वर्तमान सरकारले जनताको भावना अनुसार काम नगरेकोले, ओली सरकार पूर्ण रुपमा असफल भएको, पार्टी विवादको नाममा संसद अधिवेशन समेत नबोलाएको, भन्दै वर्तमान सरकारको विकल्प खोज्नु पर्ने नेपाली काँग्रेसका नेताहरुले बताएका छन् ।

नेपाली काँग्रेस पाल्पाको पार्टी कार्यालयको शुरु भएको विरोध  र्‍याली नगरका विभिन्न भागको परिक्रमा गर्दै विशालबजार विपि चोकमा कोणसभामा परिणत भएको थियो । विरोध कार्यक्रमलाई पार्टी सभापती वीरबहादुर राना लगायतले सम्वोधन गरेका थिए । वर्तमान सरकारले गरेका ज्यादती, भ्रष्टाचार अनियमितता, कमिसनतन्त्र हटाउनको लागि नेता तथा कार्यकर्ता देशव्यापी रुपमा आन्दोलनमा उत्रिनु परेको सभापती रानाले बताए ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update