पाल्पा । पछिल्लो २४ घण्टामा थप ८ सय ४७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त विवरण अनुसार देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरबाट ८ सय ४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।
नेपालमा योसँगै निको हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको हुनेको दर ९४.४ प्रतिशत हो । यस्तै पछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बुधबार थप २ सय ९१ महिला र ४ सय ४५ पुरुष गरी ७ सय ३६ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ । ५ हजार ५ सय ५५ स्वाबको पिसिआर परीक्षण गराउँदा ७ सय ३६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ । बुधबार मात्र कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । यस्तै अहिले ४ सय ५२ जना क्वारेन्टिन र ९ हजार ७ सय ५७ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । कोरोनाका गम्भीर २ सय ८९ जनाको आइसीयूमा र ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।