पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका २, जल्पा स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीको सेवा पूर्ण रूपमा बन्द गरिएको छ । स्वास्थ्यचौकीमा कार्यरत ६ जना कर्मचारीमा कन्ट्रयाक ट्रेसिङ गरी स्वाव परीक्षण गर्दा कोरोना देखिएपछि स्वास्थ्यचौकीको सेवा बन्द गरिएको हो ।
बुधबार गाउँपालिकाले एक सूचना नै जारी गरी स्वास्थ्यचौकीको आकस्मिक तथा बहिरंग सेवाहरू बन्द गरिएको जनाएको छ । कर्मचारीमा कोरोना देखिएपछि पुस १ गतेदेखि पुस ८ गतेसम्म स्वास्थ्यचौकीबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञान प्रसाद पनेरूद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । ‘सेवाग्राही तथा सरोकारवालाहरुमा पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौं’ सूचनामा भनिएको छ । पुस ९ गतेदेखि भने स्वास्थ्यचौकीका सम्पूर्ण सेवाहरु सुचारु हुनेछन् ।