Shittalpati
पाल्पाका थप २० जनाले कोरोना जिते, ६ जनामा संक्रमण देखियो

पाल्पा । पाल्पामा थप २० जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई विहीबार प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका २० जना संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा नगर भित्र रहेका अस्पतालका ८ जना संक्रमितले कोरोना जितेका छन् । यस्तै रामपुरका २ जना, रैनादेवी छहराका १ जना, रम्भाका २ जना, बगनासकालीका १ जना, तिनाउका १ जना, रिब्दीकोटका ३ र निस्दीका २ जना कोरोना संक्रमणमुक्त भएका हुन् । यो संगै पाल्पामा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार पाँच सय ९७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाल्पामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ जना पुरुष र २ जना महिलामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका १ जना, रामपुर नगरपालिका १ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका २ जना र रम्भाका १ जनामा संक्रमण देखिएको हो । योसँगै पाल्पामा एक हजार ७ सय ३८ जना कोरोना संक्रमित पुगेका छन् । पाल्पामा कोरोनाका कारण २९ जनाको मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या एक सय १२ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ५ सय ४७ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ७८ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update