बुटवलमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु
बुटवल । बुटवलमा उपचाररत स्याङ्जाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ का ७२ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो । मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष पुस ४ गते कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा भर्ना भएका थिए । संक्रमित पुरुषमा उच्च रक्तचापको समस्या रहेको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्