Shittalpati
कोरोना संक्रमण हुने भन्दा निको हुने बढे

पाल्पा । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर घट्दै गएको छ भने निको हुँनेको दरमा वृद्धि हुँदै गएको छ । संक्रमणको अवस्था कायमै रहे पनि संक्रमितको दरमा निको हुनेको तुलनामा कमी आएको हो । नेपालमा दैनिक जसो संक्रमित हुनेको भन्दा निको हुनेको दर बढेको तथ्याङ्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको छ । बुधबार पनि पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ९ सय ५२ जना निको भएका छन् ।

यसले पनि संक्रमण हुनेको भन्दा निको हुनेको दरमा वृद्धि भएको देखाउँछ । पछिल्लो २४ घण्टामा ७ सय ४३ जना संक्रमित थपिएसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ । यस्तै थप ९ सय ५२ जना निको भएसँगै कूल निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ३ पुगेको छ । हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ९० हजार ७ सय ४० छ । देशभरी सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १५ छ । २४ घण्टामा ६ हजार ५ सय ५९ पीसीआर परीक्षण भएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या ४ सय ९ रहेको छ ।

प्रकाशित मिति: बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update