पाल्पा । तानसेनमा ५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई बुधबार र विहीबारको प्राप्त विवरण अनुसार तानसेन नगरपालिका तथा नगर भित्र रहेका अस्पतालमा एक जना महिला र ४ जना पुरुष गरी ५ जना संक्रमित देखिएका हुन् ।
यहाँका २० जनाको पिसीआर परीक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै तानसेनमा कोरोना संक्रमितको कूल संख्या ५ सय ८४ पुगेको छ । जस मध्ये ५ सय ५१ जना निको भइसकेका छन् । तानसेनमा अहिलेसम्म कोरोनाका कारण ८ जनाको मृत्यु भइसकेको छ । २५ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय ६७ जना समुदायस्तरका व्यक्तिहरु रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
विहीबार तानसेनमा थपिएका ५ जना सहित जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ७ सय ६३ पुगेको छ । पाल्पामा कोरोनाका कारण २९ जनाको मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ६२ पुगेको छ । जिल्लामा अहिलेसम्म ९ सय ५५ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ८२ जना स्वास्थ्यकर्मी रहेका छन् ।