Shittalpati
नेकपा र चिनियाँ टोलीबीच विविध आयामबारे विचारविमर्श

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौले भेटवार्ता गरेका छन् । अध्यक्ष दाहालको निवास खुमलटारमा सोमबार भएको भेटमा आपसी हित, दुई देशबीचको सम्बन्ध र दुई दलबीचका विविध आयामबारे विचारविमर्श भएको भएको थियो ।

अध्यक्ष दाहालको सचिवालयका अनुसार उनीहरुबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सहितको प्रतिनिधिमण्डल आइतबार नेपाल भ्रमणमा आएको हो । यस्तै सो समूहका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग पनि चिनियाँ कम्युनिष्ट पार्टीकोे प्रतिनिधिमण्डलले भेटवार्ता भएको स्रोतले जनाएको छ । –रासस

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update