पाल्पा । पाल्पामा १५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई मंगलबार र बुधबारको प्राप्त विवरण अनुसार ९ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार माथागढी गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका २ जना, र तानसेन नगरपालिकाभित्रका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै पाल्पामा एक हजार ८ सय ४४ जना कोरोना संक्रमित पुगेका छन् ।
माथागढी गाउँपालिकामा ९६ जना,रामपुर नगरपालिकामा २ सय ६१ जना,पूर्वखोला गाउँपालिकामा २ सय ६३, रैनादेवी छहरा गाउँपालिकाका १ सय ३ जना, रम्भा गाउँपालिकाका ९१ जना, बगनासकाली गाउँपालिका १ सय ४० जना, तिनाउ गाउँपालिकामा ७३ जना, रिब्दीकोट गाउँपालिकामा ७२ जना, निस्दी गाउँपालिकामा १ सय १७ र तानसेन नगरपालिकाका ६ सय २८ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये एक हजार सात सय २५ जनाले कोरोना जितेका छन् । हाल ८७ जना सक्रिय संक्रमित छन् । त्यस्तै समुदायस्तरका १ हजार ३५ जना र ८५ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याड्ढमा छ ।