पाल्पा । नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा उपचार गराइरहेका थप ६ जनाको बुधबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १ सय ४४ जना महिला र २ सय ६५ जना पुरुष रहेका छन् । योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३३ छ भने क्वारेन्टाइनमा ३ सय ४२ जना रहेका छन् । २४ घण्टामा ६ हजार ७ सय ६ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ६४ हजार १ सय ६० पिसिआर परीक्षण भएका छन् । त्यसैगरी २४ घण्टामा ४ सय ९५ जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको छ । यो निको हुने दर ९७.३ प्रतिशत हो ।