पाल्पा । नेपालमा पछिल्लो २४ घण्टाको विवरण अनुसार शुक्रबार संक्रमित हुनेको दर भन्दा निको हुनेको दर धेरै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय ५४ कोरोना संक्रमित थपिदा ५ सय ८५ जना निको भएका छन् । देशका विभिन्न अस्पतालमा उपचार गराइरहेका ५ सय ८५ जना निको भएर डिस्चार्ज भएका हुन् । यो सँगै निको हुनेको संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ५४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । १ सय ८८ महिला र पुरुष ३ सय ६६ लाई संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ । यस्तै अहिलेसम्म कोरोनाबाट १ हजार ९ सय ९ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै थप ६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार अहिले ५ हजार २१ जना आइसोलेसनमा रहेका छन् भने ३ सय ३८ जना क्वारेन्टिनमा छन् । नेपालमा अहिलेसम्म १९ लाख ७४ हजार ५६१ जनाको आरटी पीसीआर परीक्षण भएको छ । गत २४ घण्टामा मात्रै ५ हजार २ सय ६९ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै मन्त्रालयका अनुसार कोरोनाका गम्भीर १ सय ८२ जनाको आइसीयूमा र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।