पाल्पा । जिल्लाको निजी विद्यालयका रुपमा स्थापित भई शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा अब्बल बन्दै आएको बेथलबोर्डिङ्ग सेकेण्डरी स्कूल नेपाल सरकार, राष्ट्रिय सेवादल (एनसीसी) सिनियर डिभिजन तालिममा सर्वोत्कृष्ट भएको छ । जंगीअड्डा काठमाडौंद्वारा नवलपुरको हात्तिखोरमा भएको १५ औं व्याज एनसीसी सिनियर डिभिजन तालिममा बेथल स्कूल कक्षा ११–१२ का विद्यार्थीहरु सर्वोत्कृष्ट भएका हुन् ।
त्यस्तै छात्रा भलिबल, छात्रा दौड र सांस्कृतिक कार्यक्रम प्रतियोगितामा द्धितिय स्थान तथा क्याडेट दिलबहादुर बराल सर्वोत्कृष्ट क्याडेट (प्रथम स्थान) र क्याडेट साधना हुमागाई कम्पनी कमाण्डर स्थान हासिल गर्न सफल भएको स्कूलका प्रिन्सिपल खेम सारुले जानकारी दिए ।
यूवा वर्गलाई संगठित गराई सक्षम नागरिक बनाउन नेपाल सरकारले वि.सं. २०२२ सालमा सूरुवात गरेको राष्ट्रिय सेवादल (एनसीसी)को अवधारणा अनुरुप स्कूलले विद्यार्थीलाई कार्यक्रममा सहभागी गराउदै आएको छ । स्कुलले २०७४ मा ४४ ब्याच जुनियर डिभिजन तालिम, २०७५ मा ४५ ब्याच जुनियर डिभिजन तालिम र २०७६ मा कक्षा १२ सञ्चालन भएको पहिलो वर्षमै १५ औं व्याज एनसीसी सिनियर डिभिजन तालिममा विद्यार्थीहरुलाई सहभागी गराई उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
यूवा विकास कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरी यूवा जनशक्तिलाई अनूशासित, तालिमप्राप्त, अभिप्रेरित, बनाई राष्ट्रिय एकता र वफादारिताको भावना जागृत गराई देशको चौतर्फी विकासमा सहयोग पु¥याउने उद्देश्यले स्कूलमा एनसीसी गठन गरी विद्यार्थीहरुलाई उक्त कार्यक्रमहरुमा समावेश गराउदै आएको प्रिन्सिपल सारुले बताए ।
एनसीसीमा शारीरिक तालिम (रक क्लाइम्बिङ, पौडी, घोड चढी, एरोविक्स, तेक्वाण्डो पि.टी., मास पि.टी.), सैनिक ज्ञान (ड्रिल, खुकुरी ड्रिल, एफ.सि/वि.सि., नक्सा अध्ययन), विपद् व्यवस्थापन (विपद् व्यवस्थापन, विपद्को बेलामा प्राथमिक उपचार, विपद्को अवस्थामा स्वयंसेवकले गर्नु सक्ने विभिन्नकार्यहरु) लगायतका तालिमहरु सञ्चालन हुँदै आएका छन् ।