Shittalpati
पाल्पा व्यापार महोत्सवको तयारी पुरा

कृष्ण पोखरेल
पाल्पा,  यही फागुन १ गते ११ गते सम्म हुन लागेको पाल्पा व्यापार महोत्सव तयारी पुरा भएको छ । संघले तानसेनमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पुरा भएको जानकारी गराएको छ । पाल्पा व्यापार संघको आयोजनामा तानसेनको दमकडामा प्रथम पाल्पा व्यापार महोत्सव हुन लागेको हो । महोत्सवको उद्घाटन स्वास्थ्य तथा जनसंख्या एव कानुन मन्त्री भानुभक्त ढकालले गर्ने आयोजकले जनाएको छ । जिल्लाको कृषि पर्यटन, उद्योग व्यापार, शिक्षा स्वास्थ्य सञ्चार क्षेत्रलाई टेवा पु¥याउने, स्थानीय उत्पादन प्रवद्र्धन गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनको बजारीकरण तथा प्रचार प्रसार गर्दै राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउने अभियानाका साथ महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

महोत्सवमा कृषि उत्पादन, कृषि औजार तथा कृषि यन्त्रको पर्दशनी, पाल्पाली ढाका करुवा तथा बासका सरसमानको प्रदर्शनी, छालाजन्य सामग्रीहरुको प्रदर्शनी, बैक तथा वित्तिय संस्था, सूचना प्रविधी, गारमेन्ट, विधुतीय सर समानाको प्रदर्शनी, अटोमोवाईल्स, नयाँ नयाँ सूचना प्रविधीको जानकारी, दैनिक उपभोग्यबस्तुको प्रदर्शनी रहने छ । महोत्सवमा राष्ट्रिय कलाकार, हास्य व्यङ्गकारको प्रस्तुती संगै, गाउँपालिका स्तरीय पञ्चेवाजा प्रतियोगिता, सास्कृतिक प्रतियोगिता, विभिन्न जातजाती विचको संस्कृती प्रतियोगिता, विधालयस्तरीय पर्यटन तथा सास्कृतिक प्रतियोगिता, वाल उधानको व्यबस्था, लोकदोहोरी प्रतियोगिता, अन्तरपालिका तथा अन्तरजिल्ला स्तरीय पर्यटन प्रवद्र्धन सम्वन्धी गोष्ठी, कृषि उत्पादन विक्रि वितरण सम्वन्धी गोष्ठी गरिने सास्कृतिक उप समितीका संयोजक थानेश्वर गैरेले बताए ।


महोत्सवमा गाउँपालिकाको लागी कृषि प्रदर्शनी तथा पर्यटन प्रवद्र्धनको लागी स्टलको व्यबस्था गरिएको र प्रत्येक दिन एक एक वटा स्थानीय तहका प्रमुखहरु लाई गाउँपालिकाको कृषि पर्यटनको बारेमा जानकारी दिने अवशर प्रदान गरिने संघका सचिव फर्सुराम पौडेलले बताए । महोत्सव लाई भव्य रुपमा सफल बनाउन स्थानीय अटोटेम्पो, पश्चिमाञ्चल बस र श्रीनगर यातायात समिती संग सहकार्य भएको संघले जनाएको छ । महोत्सवमा २ सय ७५ भन्दा बढी स्थलहरु रहने छन भने १ लाख दर्शकले मेला अवलोकन गर्ने अपेक्ष आयोजकले लिएको छ । मेलामा ५ करोडको कारोवार गर्ने लक्ष आयोजकले लिएको छ । कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले महोत्सव सफल बनाउन पत्रकारहरुले पुर्णरुपमा सहयोग गर्ने बताए । प्रचार प्रसार उप समितीका संयोजक रेखीराम रानाको संचालन र संघका अध्यक्ष चिरञ्जीवी पोखरेलको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

 

 

प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update