Shittalpati
पाल्पामा थप १४ जना कोरोना संक्रमित डिस्चार्ज, ६ जनामा पुष्टि

पाल्पा । पाल्पामा थप १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई आइतबार र सोमबारको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका १४ जना संक्रमित डिस्चार्ज भएका हुन् ।

स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका भित्रका ८ जनाले कोरोना जितेका छन् । यस्तै रैनादेवी छहरा गाउँपालिकाका र बगनासकाली गाउँपालिकाका तीन÷तीन जना संक्रमितले कोरोना जितेका हुन् । योसंगै पाल्पामा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार ७ सय ६२ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिलेसम्म जिल्लाको माथागढी गाउँपालिकाका ८९ जना,रामपुर नगरपालिकाका २ सय ५३ जना, पूर्वखोला गाउँपालिकाका २ सय ५९ जना, रैनादेवी छहरा गाउँपालिकाका एक सय एक जना, रम्भा गाउँपालिकाका ८८ जना, बगनासकाली गाउँपालिकाका १ सय २५ जना, तिनाउ गाउँपालिकाका ६९ जना, रिब्दीकोट गाउँपालिकाका ७० जना, निस्दी गाउँपालिकाका १ सय १७ जना र तानसेन नगरपालिकाका ५ सय ९१ जना कोरोनामुक्त भएका हुन् ।

यस्तै पछिल्लो दुई दिनमा पाल्पामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ पुरुष र २ जना महिलामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका ४ जना, माथागढी र रामपुरका एक/एक जनामा संक्रमण देखिएको छ । योसँगै पाल्पामा एक हजार ८ सय ५८ जना कोरोना संक्रमित पुगेका छन् । पाल्पामा कोरोनाका कारण ३२ जनाको मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या एक सय १४ पुगेको छ । जिल्लामा अहिलेसम्म १ हजार ४९ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ८५ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update