पाल्पा । नेपाली काँग्रेसले आज देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको छ । काँग्रेसको गत पुस १९ गते बसेको केन्द्रीय समितिको बैठकले शनिबार (माघ ३ गते)संसद् विघटनका विरुद्ध देशभरका ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज देशभर विरोध प्रदर्शन गर्न लागिएको नेपाली काँग्रेस पाल्पाले जनाएको छ । यसअघि काँग्रेसले २५ पुसमा ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्र र १३ पुसमा १ सय ६५ वटै प्रतिनिधि सभा तर्फका निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । नेपाली काँग्रेस पाल्पाले पनि जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा आज हुने विरोध प्रदर्शनका लागि तयारी अन्तिम चरणमा पु¥याएको पार्टी सचिव झपेन्द्र गहिरेले जानकारी दिए ।
उता नेपाली काँग्रेस गुल्मीले पनि आज हुन लागेको विरोध प्रदर्शनको तयारी अन्तिम चरणमा पु¥याएको छ । जिल्लाका १२ वटै स्थानीय तहमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको असंवैधानिक कदमको विरुद्धमा विरोध प्रदर्शन सहित विरोध सभाका लागि तयारी अन्तिम चरणमा पुगेको सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । उनले वर्तमान प्रधानमन्त्री ओलीको सम्पूर्ण ज्यादतीका विरुद्धमा पार्टी केन्द्रीय समितिले आÞवान गरेको बिरोध कार्यक्रममा पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु, भातृ तथा शुभेच्छुक संस्थाका सम्पूर्णलाई आ–आफ्नो स्थानीय तहमा सहभागिता हुन आग्रह गरेका छन् । काँग्रेसले जिल्लाका १२ वटै स्थानीय तहमा प्रतिनिधि समेत खटाएको छ । कालीगण्डकी गाउँपालिकामा पार्टीका जिल्ला उपसभापति विष्णुप्रसाद बलाल र मालिका गाउँपालिकामा पार्टी सचिव खिलध्वज पन्थी, इस्मा गाँउपालिकामा पार्टी सचिव विष्णुकुमारी सापकोटा, रेसुङ्गा नगरपालिकामा पार्टीका कोषाध्यक्ष हरिबहादुर केसी, सत्यवती गाउँपालिकामा जिल्ला सहसचिव गोपालप्रसाद पाण्डेयलाई खटाईएको छ । मुसिकोट नगरपालिकामा पार्टीका जिल्ला सदस्य एवं केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य छन्दबहादुर पहराई, छत्रकोट गाउँपालिकामा पार्टीका जिल्ला सदस्य एवम् नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय उपाध्यक्ष श्रीप्रसाद भलामी, धुर्कोट गाउँपालिकामा महाधिवेशन प्रतिनिधि डा.दामोदर भुसाल, चन्द्रकोट गाउँपालिकामा नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. २ का क्षेत्रीय सभापति भगतसिंह खड्कालाई गुल्मी काँग्रेसले प्रतिनिधिको रुपमा खटाएको छ । त्यस्तै काँग्रेसले गुल्मीदरबार गाउँपालिका पार्टीका जिल्ला सदस्य अनन्तराम पौडेल, रूरूक्षेत्र गाउँपालिकामा पार्टीका जिल्ला सदस्य थम्मनबहादुर केसी र मदाने गाउँपालिकामा महासमिति सदस्य एवं शिक्षक संघ गुल्मीका अध्यक्ष प्रेमनारायण भण्डारीलाई प्रतिनिधिको रुपमा खटाएको छ । नेपाली काँग्रेसका केन्दीय सभापति शेरबहादुर देउवाले संसद विघटनका विरुद्ध शनिबार हुने स्थानीय तहस्तरीय प्रदर्शनमा सहभागी बन्न नेता कार्यकर्ताहरुमा अपिल गरेका छन् । देउवाले शुक्रबार अपील जारी गर्दै ३ माघमा हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता कार्यकर्ताहरुमा आग्रह गरेका हुन् । ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’ देउवाले विज्ञप्तीमा भनेका छन् । काँग्रेसले संसद् विघटनको निणर्यलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै आइरहेको छ । ८ माघमा पनि काँग्रेसले देशभरका वडास्तरमा प्रदर्शन गर्ने जनाएको छ ।