पाल्पा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उद्योगमन्त्री सोम प्रसाद पाण्डेयलाई कोरोना संक्रमण भएको छ । शनिबार काठमाडौंको राष्ट्रिय प्रयोगशाला टेकुमा स्वाब परीक्षण गर्दा पाण्डेयलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पाल्पा क्षेत्र नं. २ बाट निर्वाचित विघटित संघीय सांसद समेत रहेका उनले गृहजिल्ला पाल्पा रहेकै बेला अस्वस्थताको महशुस गरेपछि माघ ३ गते काठमाडौं फर्केर राष्ट्रिय स्वास्थ्य प्रयोगशाला टेकुमा कोभिड परीक्षण गराए थिए । उनले समाजिक सञ्जालमा आफु कोरोना संक्रमित भएको बताएका छन् ।
सामाजिक सञ्जालमा पोष्ट गर्दै पाण्डेयले भनेका छन् ‘कोरोना संक्रमण र आइसोलेसन बसाई ! गृहजिल्ला पाल्पा रहेकै बेला अस्वस्थताको महशुस गरेपछि माघ ३ गते काठमाडौं फर्केर राष्ट्रिय स्वास्थ्य प्रयोगशाला टेकुमा कोभिड परिक्षण गराए । पीसीआर रिपोर्ट पोजेटिभ देखिएकाले निजी निवासमा आसोलेसन बसी स्वास्थोपचार गरिरहेको छु । छिट्टै नियमित काममा फर्कनेछु ।’