Shittalpati
पत्रकार खत्री उत्कृष्ट संवाददाताको रुपमा पुरस्कृत

पाल्पा, नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष तथा जिल्लाका क्रियाशिल पत्रकार अनिल खत्री पुरस्कृत भएका छन् । नेपाल टेलिभिजनले आफ्नो ३६ औं वार्षिकोत्सवका अवसरमा खत्रीलाई उत्कृष्ट संवाददाताको रुपमा पुरस्कृत गरेको हो । टेलिभिजनको शनिबार काठमाडौंमा भएको भव्य समारोहमा प्रमुख अतिथि तथा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले खत्रीलाई प्रमाण पत्रले सम्मान गरेका थिए ।

जिल्लामा रहेर एक दशक बढी समय पत्रकारिता क्षेत्रमा क्रियाशिल खत्रीले नवजनचेतना राष्ट्रिय दैनिकमा समेत महत्वपूर्ण योगदान पुर्याउदै आएका छन् । उनले जिल्लाको सामाजिक, आर्थिक, राजनैतिक र समसामयिक विषयवस्तुलाई समाचारका रुपमा उठान गर्दै आएको पाइन्छ ।

पुरस्कृत भएपछि खत्रीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ‘उत्कृष्ट संवाददाताको रुपमा पुरस्कृत गरेकोमा नेपाल टेलिभिजन परिवार प्रति हार्दिक आभार प्रकट गर्दछु । यो अवसरले मलाई थप उर्जा मिलेको छ, यो खुसी सबैमा बाड्न चाहन्छु ।’ टेलिभिजनले खत्री सहित आठ जना पत्रकारलाई सम्मान गरेको छ ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update