पाल्पा । स्वास्थ्य तथा जनसंख्या एवं कानुन न्यायमन्त्री भानुभक्त स्वास्थ्य तथा जनसंख्या एवं कानुन न्यायमन्त्री आफ्नो कार्यकालमा स्वास्थ्य मन्त्रालयमा हुने गरेका अनियमितताको अन्त्य हुने खालले काम भईरहेको बताएका छन् ।
बिहीबार बिहान पाल्पा जिल्ला अस्पतालको निरीक्षण गर्ने क्रममा स्वास्थ्य क्षेत्रमा भएका विभिन्न समस्याहरुको समाधानका लागि आफु प्रयत्नशील रहेको बताउँदै मन्त्री ढकालले भने ‘म पनि भर्खर–भर्खर मन्त्री भएको छु, सबै कुरा बुझ्दै छु स्वास्थ्यमा देशव्यापी समस्या छन्, क्रमशः समाधान गर्दै जाने हो भने । संघीय सांसद, प्रदेश सांसद तथा नेताहरुसंगै अस्पताल आएका मन्त्री ढकालले, स्वास्थ्य मन्त्रालय अन्तर्गतका सबै क्षेत्रमा हुने गरेका आर्थिक चलखेललाई रोक्नेतर्फ आफ्नो ध्यानाकर्षण भएको स्पष्ट पार्दै, औषधी र औजार खरिदमा हुने गरेका चलखेललाई जुनसुकै हालतमा रोक्ने आफ्नो दृढता कायम रहेको बताए । उनले भने ‘म कमाउन मन्त्री भएको होइन, कमाउनुपर्ने बेला भयो, घोषणा गरेर राजनीति छोडेर व्यवहारमा लाग्छु, तर स्वास्थ्य क्षेत्रमा हुने गरेका अनियमितालाई सबैको सहयोगबाट रोक्ने प्रयत्न रहिरहन्छ । अहिले भाषणमा भन्ने भन्दा पनि गरेरै, देखाउने आफ्नो इच्छा भएको पनि मन्त्री ढकालले स्वष्ट पारे ।’
सोही अवसरमा पाल्पा जिल्ला अस्पाताल सञ्चालक समितिका अध्यक्ष नेत्र पाण्डेले स्वास्थ्य मन्त्री ढकाललाई स्वागत गर्दै अस्पताललाई व्यवस्थित गर्न केन्द्र सरकारको पनि सहयोग आवश्यक भएको बताए । उनले पाल्पा जिल्ला अस्पतालको स्थापना वि.सं. १९७० सालमा पिचन्द्र अस्पतालको नामबाट स्थापना भएको जानकारी दिएका थिए । समस्याका बीचमा पनि केन्द्र र प्रदेश सरकारको नीति अनुरुप आफुलाई अगाडि बढाईरहेको पाल्पा जिल्ला अस्पतालले अहिले आधुनिकतासँगै आफुलाई अग्रगतिमा लग्ने प्रयास जारी राखेको अध्यक्ष पाण्डेले बताए ।
उनले हाल १५ शैयाको अस्पताललाई बढाएर ५० शैयाको बनाउनुपर्ने आवश्यकता छ । भौतिक पूर्वाधारहरुका लागि जग्गाको व्यवस्थापन, जीर्ण भवनको मर्मत, जनशक्ति थप गर्नुपर्ने, दरवन्दी यथासक्य छिटो परिपूर्ति होस् भन्ने माग राखेका थिए । ल्याव, एक्सरे बिग्रिएकाले औजारहरुको तत्काल व्यवस्था गर्नुपर्ने, औषधीको अभाव खरिद गर्ने प्रक्रिया झण्झटिला भएको समेत अध्यक्ष पाण्डेले मन्त्री समक्ष गुनासो सुनाए ।