Shittalpati
पाल्पामा आइतबारसम्म १३ सय बढीले लगाए कोरोना खोप

पाल्पा,जिल्लामा सञ्चालित कोभिड १९ विरुद्धको खोप अभियानको चौथो दिन आइतबारसम्म १३ सय बढीले कोरोना खोप लगाएका छन् । जिल्लाका ४ खोप केन्द्रबाट एक हजार ३ सय १४ जना व्यक्तिहरुले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रका पन्थीले जानकारी दिए ।

माघ १५ गतेदेखि सुरु गरिएको खोप अभियानमा चौथो दिनसम्म आउँदा खोप लगाउने व्यक्ति बढेको देखिन्छ । जसमा पहिलो दिन ५० जना,दोस्रो दिन ४ सय १५ जना, तेस्रो दिन ३ सय ९० जना र चौथो दिन ४ सय ५९ जनाले खोप लगाएका हुन् । पाल्पामा जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज, प्रभास, युनाईटेड मिसन अस्पताल तानसेन र रामपुर अस्पताल रामपुरका केन्द्रबाट कोरोना खोप दिइएको स्वास्थ्य कार्यालयले जननाएको छ । पहिलो चरणको खोप अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, एम्बुलेन्स चालक, नगरपालिकाका सरसफाईकर्मी लगायतले लगाएका छन् ।

पाल्पाका लागि २ हजार २ सय जनालाई पुग्ने गरी खोप प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । खोप प्राप्त गरेका केही व्यक्तिहरुमा हालसम्म सामान्य असरहरु देखिएपनि कसैलाई पनि जटिल स्वास्थ्य समस्या नभएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पन्थीले बताए । खोप अभियानमा सहभागी स्वास्थ्यकर्मीहरुले खोप लगाउन पाउँदा खुसी लागेको बताएका छन् । उनीहरुले आफूहरुलाई कुनै पनि समस्या नभएको र निर्धक्क भएर सबैले खोप लगाउन आग्रह गरेका छन् । खोप लगाइसकेपछि कोरोना भाइरस संक्रमण हुने सम्भावना न्यून हुने र यदि संक्रमण भइहाले पनि कडा लक्षण नदेखिने उनीहरुको भनाई छ ।

प्रकाशित मिति: आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update