Shittalpati
व्यवहारमा असलता प्रदर्शन होस्

मुलुकको राजनैतिक अवस्थाले गम्भीर मोड लिदै गर्दा जनताले आफ्ना असल अभिभावक पाउन सकेका छैनन् । देशले विकास भन्दा पनि नैरास्यता र अराजकता बाहेक केही पनि पाएन । लोकतान्त्रिक संविधान निर्माणपछि देशले राजनैतिक स्थिरता पाउने भयो भन्ने सोचेर रमाइरहेका जनता अहिले निराशा र देश दिनप्रति दिन बिग्रिएको होकि भन्ने चिन्ताले ग्रस्त छन् । देश बनाउनका लागि राजनेता हुनुपर्नेमा कतिपय नेताहरु वैमान र कुर्सीमोहमा मात्र लिप्त हुनेखालका भएका कारण पनि मुलुकले नयाँ र प्रगतिशील दीशावोध गर्न सकेको छैन । भोलिको भविश्यका लागि आजको वर्तमानले पुस्ता हस्तान्तरणको शैली नै अपनाउन नसक्नु नै ठूलो कमजोरी हो । देशले अनुशासित नेतृत्व भन्दा पनि स्वअभियानमा लागेकाहरुको नाटकिय भीडभाड बाहेक केही पनि हुन सक्दैन । त्यसकारण राजनैतिक परिवर्तन कागज र कानुनमा भए तर व्यवहारमा भने कहि कतै पनि हुन सकेन ।

समाज रुपान्तर भन्दा पनि रुपान्तरण भएको व्यवहारिक अनुभूति नभएसम्म असल देशभक्त समाज निर्माण हुन सक्दैन । असल नागरिक हुनुपर्छ भन्ने भाषण भन्दा पनि व्यवहार र स्वभावमै असलता प्रदर्शन नहँुदासम्म देश बन्दैन । शान्ति प्रक्रियालाई सही बाटोमा लग्ने क्रममा पनि राम्रो सुझबुझ भएका महान नेता गिरिजाप्रसाद कोईराला नभएको भए, लोकतन्त्र आउँदैन्थ्यो, शुसिल कोईराला नभएको भए लोकतान्त्रिक संविधान निर्माणको काम हुँदैन्थ्यो । तर त्यसपछि शान्ति प्रक्रियामा हस्ताक्षरकर्ताहरु पुष्पकमल दाहाल र केपी ओली, माधव नेपाल, झलनाथ खनाल जस्ता नेताहरुले दोहोरी खेले जस्तो एक आपसमा गाली गलौच गरेको देख्दा मुलुकले लोकतन्त्र पायो, शान्ति पायो, संविधान पायो, दुई तिहाई पायो, तर राजनेता पाएन, त्यसका लागि जनता जनार्दनले नै नबुझेर होकि समय अनुसारको कथाले नमागेर हो भन्ने प्रश्नको जवाफ सबैले खोजिरहेका छन् । तर दुर्भाग्य जति खोजे पनि आउँन र पाएको अनुभूति गर्ने अवसरको पनि खोजी नै गर्ने बाहेक केही पनि भएको छैन ।

प्रकाशित मिति: बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update