Shittalpati
जेसीबि लगाएर नदी उत्खनन् गर्दा कालीगण्डकी ए जल विद्युतगृह नै जोखिममा

पाल्पा । वातावरणीय प्रभाव मूल्याङ्कनलाई वास्तै नगरी, कालीगण्डकी ए, जल विद्युत परियोजनाको विद्युतगृहलाई प्रभाव पार्ने गरी वगरमै जेसीबिको प्रयोग गरेर अवैद्यानिक र गैरकानुनी रुपमा भएको कार्यप्रति सरोकारवाला वातावरणीय खतरा बढ्ने गुनासो गरेका छन् ।


पाल्पाको बगनासकाली गाउँपालिका वडा ६ र स्याङ्जाको कालीगण्डकी वडा ५ बेल्टारीको कालीगण्डकी नदीमा जेसीबि लगाएर गैरकानुनी रुपमा गिट्टी, बालुवा, ढुङ्गा निकालिएका छन् ।  पाल्पाको र स्याङ्गजाको सीमानामा पर्ने कालीगण्डकी नदी बेल्टारीतर्फ नेपालकै बहुप्रतिस्ठित १ सय ४४ वाटको कालीगण्डकी ‘ए’ को विद्युतगृह नजिकै खुलेआम नदीदोहन हुँदा स्थानीय सरकारहरु मौन छन् ।

गतबर्षको बर्षायाममा कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाको बेलटारीमा राखिएका नौं वटा ठूला कन्टेनर बगाएको छ । नदीले बगाएर लगेपछि भविष्यमा पनि खतरा बढ्दै जाने संकेत देखिदा पनि नदी दोहन नरोकिए पछि स्थानीय विरोध गर्न थालेका हुन । नदीजन्य वस्तुको उत्खन्न र निकासीले पाल्पा र स्याङ्गजाका धेरै ठाउँमा यसको वातावरणीय प्रभाव पर्ने स्थानीयको गुनासो छ । गुनासाका सम्बन्धमा स्याङ्गजाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खेमबहादुर थापासँग सम्पर्क गर्दा उनले भने ‘ठेकेदारले बाटो बनाउन जेसीबि लगेको गुनासा आएपछि रोकेको बताउँदै, स्याङ्गजातर्फ हामीले ठेक्का दिएकाछौं, तर नदी भित्रै डोजर लागेको थाहा पाउना साथ रोकेका हौं ।’

बहुप्रतिष्ठित राष्ट्रिय गौरवको कालीगण्डकी ‘ए’ को विद्युतगृह नजिकै नदी उत्खनन् गरी गिट्टी, बालुवा, ढुङ्गा निकाल्ने कार्यले वातावरणीय समस्या हुने र परियोजनाको विद्युतगृह आसपासको क्षेत्रमा नदीको वहावले नयाँ मोड लिए पछि विद्युतगृहनै जोखिममा छ । स्याङ्गजाको कालीगण्डकी गाउँपालिकाका वडा ५ का वडाअध्यक्ष लोककेदार थापासँग सम्पर्क गर्दा, नदी मै जेसीबि लगेको भन्ने गुनासो आउन साथ हामीले ठेकेदार नारायण भट्टराईलाई त्यसो नगर्न आग्रह गरेका छौं । वातावरणीय समस्या हुने गरी उत्खनन् भयो भन्ने कुरा हल्ला मात्र हो भने । पाल्पाको बगनासकाली वडा ६ का अध्यक्ष लक्ष्मी अधिकारीसँग सम्पर्क गर्दा नदीमै जेसीबि लगाएर उत्खनन् गरेको थाहा पाएपछि सम्बन्धित गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्षलाई आफूले जानकारी गराएको स्पष्ट पारे ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update