पाल्पाको पूर्वखोलामा बालुवाको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु
पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिका ४ छेबकुन स्थित बालुवा खानीमा बालुवाको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु भएको छ । बालुवा खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर पूर्वखोला गाउँपालिका ४ बलीपोखराकी १३ वर्षीया पबित्रा सारु र ३६ वर्षीया माया देवी सिंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शनिबार दिउँसो ३ः४० मा बालुवा खन्ने क्रममा अचानक माथिबाट ढिस्को खसेपछि उनीहरु पुरिएका थिए । सारुको घटनास्थलमै र सिंको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्