Shittalpati
एक सय छ मिटर  लामो पुलको शिलान्यास

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका ४ र रम्भा गाउँपालिका ३ जोड्ने झोलु·े पुलको शिलान्यास गरिएको छ । संघीय सरकारको सशर्त अनुदान र गाउँपालिकाबाट विनियोजित बजेटमार्फत स्वामी रहघाटमा एक सय छ मिटर लामो पुलको शनिबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको हो । पुलको प्रदेश पाँचका प्रदेश सांसद तथा नेपाली काँग्रेस पाल्पाका सभापति विरबहादुर राना र बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

पुल शिलान्यास गर्दै प्रदेश सांसद रानाले पुल निर्माण विकासको महत्वपूर्ण पाटो रहेको बताए । उनले पुललाई आउ–जाउका रुपमा मात्र प्रयोग नगरेर उत्पादन आयात–निर्यातसँग जोड्नुपर्ने धारणा व्यक्त गरे । सांसद रानाले पुल निमार्णले समृद्धिको यात्रामा महत्वपूर्ण टेवा पुग्ने भएकाले स्थानीय उत्पादनलाई उद्यमशीलतामार्फत बजारीकरण गर्नुपर्ने बताए । गाउँपालिकाका अध्यक्ष बस्यालले जनताको आवश्यकतालाई मध्यनजर गर्दै पुल निर्माण गर्न लागिएको बताए । उनले भने ‘दुई गाउँपालिकालाई जोड्ने गरी निर्माण हुन लागेको पुलले दुई स्थानीय तहको विकासमा सहज हुनेछ ।’ गाउँपालिकाका प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले पुल निर्माण पछि स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुलाई सहजै अन्य बजारमा लैजान स्थानीयहरुलाई सहज हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा वडा अध्यक्ष हुतमानसिं दर्लामी, प्राविधिक यम राना लगायतले पुल निर्माणको काम समयमै सम्पन्न गर्न आफुहरु पनि लाग्ने बताए । गाउँपालिकाको २ लाख ७६ हजार ६ सय ५२, जनश्रमदान ९२ हजार २ सय १७ र बाँकी संघीय सरकारको सर्शत अनुदान गरी ४६ लाख १० हजार ८ सय ७३ रुपैयाँ लागतमा पूल निर्माण हुन लागेको हो । पुल निर्माणपछि ५५ घरधुरीका २ हजार ५ सय ९ जना लाभम्वित हुने छन् । पुल निर्माणका लागि गाउँपालिका र उपभोक्ता समिति बीच २०७७ मंसिर १९ गते सम्पन्न गर्ने गरी २०७६ मंसिर २० मा सम्झौता भएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update