रामचन्द्र रायमाझी
पाल्पा । तीन दशक अगाडिसम्म माथागढी गाउँपालिका कसेनीको ओलेसका ७० घरपरिवारको आम्दानीको बलियो स्रोत बनेको अलंैँची यतिखेर हराउन पुगेको छ ।
रोग तथा किरा लाग्ने प्रकोपबाट समयमा उपचार हुन नसक्दा प्रमुख नगदेवालीका रुपमा स्थापित अलैँची हराउन थालेको हो । ओलेसमा २ सय रोपनी क्षेत्रफलमा परम्परागत रुपमा लगाउँदै आएको अलैँचीमा रोगको पहिचान हुन नसक्दा हराउँदै गएको छ । अलैँची लगाउँदा खेतबारी मास्नु नपर्ने, भुइँ, डाले घाँस लगायतका बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल, मलखाद र रेखदेख गरे पुग्ने, भाउ तलमाथि भएपनि सजिलै विक्री हुने आदि कारणले किसानहरू अलैची खेतीतर्फ आकर्षित भएका थिए । तर पछिल्लो समय किराको प्रकोपका कारण अधिकांश कृषकहरुले अलैची खेती गर्न छोडिसकेका छन् । आफुहरुले लगाएको अलैचीमा किराले सताउन थालेपछि खेती नै गर्न छोडिएको स्थानीय कृषक ज्योतिमान घर्ती बताउछन् । उनी भन्छन् ‘सडक सञ्जालले जोडिनु अगाडि नै उत्पादन गरेको अलैँची आफैले बोकेर बजारसम्म पु¥याउने गर्दथ्यौ, तर हिजोआज सडक सञ्जालले जोडिए पनि रोग तथा किराको प्रकोपका कारण अलैँची उत्पादन गर्न सकेका छैनौं ।’
यस क्षेत्रका कृषकहरुले अलैँची उत्पादनबाट प्रत्येक घरपरिवारले ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने मुख्य माध्यम बनेको थियो । यतिखेर सडक सञ्जालले सबै घर बस्तीलाई जोडेको भएपनि अलँैची खेतीलाई पुर्नजीवित गर्नका लागि कहिकतैबाट पहल नहुँदा आम्दानीको स्रोत नै बन्द भएको कृषकहरु बताउँछन् । उत्पादित वस्तुका लागि बजारको समस्या नभएपनि खेती सम्बन्धी प्राविधिक ज्ञान नभएका कारण यहाँका कृषकहरुले लाखौं रुपैयाँको नोक्सानी व्यर्हाेनु परेको थियो । स्थानीय सरकारले एक गाउँ एक उत्पादनको नीति अनुरुप कृषकलाई व्यवसायिक बनाउन गाउँपालिकाले ओलेसलाई अलैँची उत्पादनको पकेट क्षेत्र बनाउने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । यस्तै जिल्लाको रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा पनि अलैँची हराउँदै गएको छ ।