पाल्पा । तानसेनमा सञ्चालन भएको भएको तीन जिल्लाका प्रअहरुको तालिम सकिएको छ । शिक्षा तालिम केन्द्र प्रदेश पाँच रुपन्देहीको आयोजनामा पाल्पा, गुल्मी र अर्घाखाँचीका आधारभूत तथा माध्यमिक तहका प्रधानाध्यापकहरुको नेतृत्व क्षमता विकासका लागि सञ्चालन भएको दश दिने तालिम सकिएको हो ।
माघ २४ गतेदेखि सञ्चालन भएको तालिममा शिक्षा सम्बन्धी व्यवस्था, विद्यालय क्षेत्र विकास योजना, दिगो विकासका लक्ष्यमा शिक्षा र विद्यालयको भूमिका, शिक्षा सम्वन्धी वर्तमान नीतिगत व्यवस्था,विद्यार्थी मूल्याङन प्रणाली, स्थानीय पाठ्यक्रम, बालमैत्री विद्यालय र विद्यालय शान्ति क्षेत्र,विद्यालय सुपरीवेक्षण र शिक्षक पेशागत विकास, पेशागत मर्यादा, सदाचार, नैतिकता र जवाफदेहिता, सिकाइका समसामयिक प्रवृत्ति, शैक्षिक सूचना व्यवस्थापन प्रणाली र विद्यालयको आर्थिक व्यवस्थापन सम्बन्ध लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । तालिममा २३ जना प्रधानाध्यापक एवं शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको शिक्षा तालिम केन्द्र उपशाखा पाल्पाका संयोजक नारायण पोखरेलले जानकारी दिए ।
तालिम निकै उपयोगी, व्यवहारिक र प्रभावकारी रहेको तालिममा सहभागी नेटा दलि· माध्यमिक विद्यालय गुल्मीका प्रधानाध्यापक यमलाल अर्यालले बताए । त्यस्तै तालिमले आफूमा भएका अनुभवहरुको आदान–प्रदान, विभिन्न विद्यालयहरुले गरेका नमूना र राम्रा प्रयासहरु र भावी दिनमा सुधारका लागि गनुपर्ने योजना निर्माणका साथै आफ्नो कार्य क्षेत्रमा आइपरेका नीतिगत तथा कानुनी समस्याहरु समधान गर्न सहयोग पु¥याएको प्रधानाध्यापक अर्यालले बताए । तालिममा शिक्षा तालिम केन्द्र प्रदेश पाँच रुपन्देहीका तालिम प्रमुख यमबहादुर केसी, शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका इकाई प्रमुख रमेश पौडेल, सामाजिक विकास मन्त्रालय डिभिजन कार्यालय पाल्पाका प्रमुख लक्षमण ज्ञवाली, शिक्षा तालिम केन्द्र रुपन्देही शाखाका संयोजक नारायणप्रसाद पोखरेल, प्रशिक्षक गोपालप्रसाद बस्याल लगायतले सहजीकरण गरेका थिए ।